You are viewing the translated version of कर्मचारी सम्बन्धी व्यवस्था.

Section 103Q
कर्मचारी सम्बन्धी व्यवस्था
(१) प्राधिकरणको कार्य सञ्चालनको लागि नेपाल सरकारले स्वीकृत गरेको सङ्ख्यामा प्राधिकरणमा कर्मचारीहरू रहनेछन्‌।

(२) प्राधिकरणका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवाका शर्त र सुविधा तोकिए बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिम प्राधिकरणको आफ्नै कर्मचारी नभए सम्म प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारको कुनै निकाय वा कार्यालय:वा नेपाल राष्ट्र बै्ब वा नेपाल सरकारको : अधिकांश स्वामित्व भएको बैङ्क वा बित्तीय संस्थामा कार्यरत कर्मचारीलाई प्राधिकरणबाटै तलब भत्ता खाने गरी मन्त्रालयको समन्वयमा सम्बन्धित निकायले काजमा खटाउन सक्नेछ।

(४) प्राधिकरणले आफ्नो कार्य सम्पादन गर्नको लागि आवश्यकता अनुसार विशेषज्ञ, प्राविधिक तथा सहायकस्तरका कर्मचारी करारमा नियुक्त गर्न सक्नेछ।

(५) प्राधिकरणले नेपाल सरकारलाई आर्थिक दायित्व थप हुने कुनै कार्य गर्नु अघि नेपाल / सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु: पर्नेछ।